६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई सय छत्तिसजना परम्परागत बाजा गुरुहरूलाई नगदसहित सम्मान

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दुई सय ३६ जना परम्परागत बाजा गुरुहरूलाई जनही रू. ३० हजारसहित सम्मान गरेको छ ।

३०औँ महानगर दिवस २०८१ का अवसरमा राष्ट्रियसभा गृहमा आयोजित समारोहमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत तथा समितिका सदस्यहरूले गुरुहरूलाई सम्मान गरेका हुन् ।

सम्मानित गृरूहरूमा ज्यापू महागुथि नेपाः, येँ महानगर समितिबाट सिफारिस भएका परम्परागत ६३ टोलका ६३ जना मु–धिमे गुरु र ५४ जना दाफा खिं गुरु हुन् । गुंलाबाजं व्यवस्थापन व संरक्षण संघबाट सिफारिस भएका २५ टोलका एक-एकजना गुरु, नेपाल खड्गी सेवा समितिबाट सिफारिस भएका ६९ टोलका एक-एकजना नायःखिं बाजं गुरु, नेपाल राष्ट्रिय खड्गी समाजबाट नौ टोलबाट सिफारिस भएका १५ जना गुरु रहेका छन् ।

यस्तै, केन्द्रीय मानन्धर संघबाट सिफारिस भएका तीन टोलका तीनजना र विभिन्न संघसंस्थाहरूबाट सिफारिस भएका सातजना बाजा गुरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा उपप्रमुख डंगोलले, परम्परागत वादनमा किशोरी र युवतीको सङ्ख्या बढ्दै गएको बताइन् । “वादनसँगै सांस्कृतिक क्रियाकलापमा महिलाको उपस्थिति स्वीकार गरिएको छ । यसबाट जात्रा पर्वहरू लैंगिकमैत्री बन्दै गएका छन्”, उनले थप्दै भनिन्, “परम्परागत वाद्य गुरुहरूको यसमा ठूलो भूमिका छ । महिलाहरूलाई प्रोत्साहन गर्न गुरुहरूले नानीहरू, किशोरीहरू र महिलाहरूलाई प्रोत्साहन गर्नुपर्छ ।”

कार्यक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान स.गतले बाजा गुरुहरूको सम्मानबाट अमूर्त सम्पदाको संरक्षणमा योगदान हुने अपेक्षा रहेको बताए । “वादन संस्कार बचाउन नेवार समुदायका धेरै व्यक्तिले रोजगारीमा जान पाएका छैनन् । गएकाहरूले पनि पेसालाई नियमित गर्न सकेका छैनन् । यो अवस्थालाई बुझ्न सकिएन भने संस्कार बचाउन सकिँदैन भन्ने महसुस गरेर बाजा गुरुहरूको सम्मान कार्यक्रम थालिएको हो,” समितिका सदस्य एवं वडा नं १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले भने ।

कार्यक्रममा विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरिएको थियो । विजेताहरूलाई क्रमशः रू. ६ हजार, पाँच हजार र चार हजार नगदसहित पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस