३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी

अ+ अ-

काठमाडौँ । नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी भएकी छन् । शर्मा नेतृत्वको संयुक्त प्रगतिशील समूहको प्यानल नै विजयी भएको हो ।

शुक्रबारदेखि सुरु संघको निर्वाचनमा अध्यक्षमा शर्मासहित तीन जना प्रतिस्पर्धी रहेका थिए । निर्वाचित शर्माले दुई हजार एक सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी गङ्गाकुमारी थापाले एक हजार तीन सय ७० र वसन्ती थापाले दुई सय ८२ मत प्राप्त गरिन् । वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा दुई हजार ६० मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी कल्पना श्रेष्ठ जोशीले एक हजार पाँच सय ९७ मत प्राप्त गरे ।

यसैगरी, उपाध्यक्षमा बबिता घिमिरे दुई हजार ११ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी मनिषा कोइरालाले एक हजार पाँच सय ७० मत प्राप्त गरिन् । महासचिवमा डा देवकाकुमारी आचार्य एक हजार सात सय ३३ मतसहित विजयी भइन् भने प्रतिस्पर्धी मीनाकुमारी कार्कीले एक हजार तीन सय ४७ र जानकी धामीले ६ सय २२ मत प्राप्त गरिन् ।

सचिवमा दुई हजार ९० मत प्राप्त गरी बेली पौडेल निर्वाचित हुँदा प्रतिस्पर्धी जया मिश्राले एक हजार पाँच सय ७३ मत प्राप्त गरिन् । कोषाध्यक्षमा तुलसादेवी अधिकारी दुई हजार एक सय ८८ मत ल्याएर विजयी भइन् भने प्रतिस्पर्धी रमादेवी पहारी (ज्ञवाली) ले एक हजार चार सय ८२ मत ल्याइन् ।

यसैगरी, खुल्ला सदस्यमा मेनुका पोखरेल विजयी भइन् । आदिवासी/जनजातितर्फ कला बस्याल गुरुङ र हरिप्रसाद कोजु, दलिततर्फ कोपिला विश्वकर्मा, मधेशी/मुस्लिमतर्फ पासपति जैसवाल र सवेनाज बेगम, अनमीतर्फ जानुका मोक्तान र शान्तिकुमारी विश्वकर्मा विजयी भएका छन् । नेपाल नर्सिङ परिषद सदस्यतर्फ राजदेवी अधिकारी घिमिरे, सुमिता पाठक र राधादेवी आचार्य विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस