८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कन्दरा ब्याण्डको नयाँ गीतमा प्रधानमन्त्रीको हस्ताक्षर

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रिलिज तयारीमा रहेको नेपाली लोकरक ब्याण्ड कन्दराको नयाँ गीतमा हस्ताक्षर गरेका छन् । ओलीलाई भेट्न ब्याण्डका गायक विवेक श्रेष्ठ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

रिलिज तयारीमा रहेको कन्दराको नयाँ गीत ‘हुनेछ स् द सङ अफ होप’मा प्रधानमन्त्रीले हस्ताक्षर गर्दै ब्याण्डको कन्सर्टमा आफू सहभागी हुने बताएका छन् ।

भेटमा प्रधानमन्त्रीले कन्दरा ब्याण्डका गीतहरूको चर्चा गरे । उनले ‘हङकङ पोखरा’, ‘पञ्चासे’जस्ता गीत सुनेको बताउँदै यी गीत आफ्ना प्रिय रहेको बताए ।

भेटमा कन्दराको पछिल्लो सांगीतिक टुर ‘घरदेखि परदेश’को यात्राबारे जानकारी गराइएको छ । अंग्रेजी नयाँवर्षअघि नै रिलिज तयारीमा रहेको कन्दराको नयाँ गीतमा सुनिल थापाको शब्द र संगीत छ । विवेकले आवाज दिएका छन् । गीतलाई प्रधानमन्त्रीकै हातबाट रिलिजको पहल भइरहेको उनले बताए ।

तृतीय पुरुषको शैलीमा लेखिएको यो गीतले आशाको सकारात्मक सन्देश फैलाउने विवेकले बताए । गीतलाई कुनैपनि विद्युतीय बाजाको प्रयोग नगरी एकस्टिक रेकर्डिङ गरिएको छ ।

लामो समयपछि जुर्मुराएको कन्दराले हालै पोखरा र काठमाडौँमा भव्य पुनरागमन कन्सर्ट गरिसकेको छ । १६ फागुनमा इलाममा गुञ्जिने ब्याण्डको तयारी छ । बुटवल र चितवनमा कन्सर्ट मिति तय हुन बाँकी छ । ४ जनवरीपछि ब्याण्डले अन्तर्राष्ट्रिय भ्रमण सुरु गर्दैछ ।

प्रतिक्रिया दिनुहोस