काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मुलुकमा भौतिक पूर्वाधार आयोजना र विकास योजनाबद्ध नहुँदा समस्या भएको बताएका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४८औँ वार्षिक साधारण सभामा मन्त्री दाहालले देशमा भौतिक पूर्वाधारका कुरा योजनाबद्ध नहुँदा समस्या भएको बताएका हुन् ।
‘हाम्रा भौतिक योजनाहरू जे आए त्यही गर्ने, नेताहरूलाई मन लागेको गर्ने, आयोजना पनि उस्तै अवस्था हुँदै आयो । यसले विकास प्रक्रियामा नै समस्या भएको छ,’ दाहालले भने ।
सरकारले नीति राम्रो बनाए पनि ‘फलो’ नगर्दा समस्या भएको बताए ।