१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले विधि विपरीतको काम गर्दैन : प्रकाशमान सिंह

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेसले सरकारमा हुँदैमा विधि विपरीतको काम नगर्ने बताएका छन् । नेपाली काँग्रेसको सय दिने अभियानअन्तर्गत आइतबार काठमाडौं वडा नं ३१ मा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

‘काँग्रेस सरकारमा हुँदैमा विधि विपरीतको काम गर्दैन । विधिअनुसार सरकार सञ्चालन हुन्छ, ‘उनले भने,‘काँग्रेस विधिको लागि लडेको पार्टी हो । विधि विपरीतको काम गर्दैन ।’ उनले अहिले भनेको आधारमा काम नहुने भन्दै विधि र प्रक्रियाअनुसार काम हुने कुरा बुझ्न पनि कार्यकर्ताहरूलाई आग्रह गरे । 

काँग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले संगठनलाई बलियो बनाउने हो भने ग्रासरूट लेबलमा ध्यान दिनुपर्ने बताए । उनले पार्टीका संरचनाहरूले आ-आफ्नो तहमा जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए । त्यस्तै उनले जनप्रतिनिधि संगठनकै आधारमा बनेको भन्दै वडा सदस्य देखि मन्त्रीसम्मले पार्टीसँग सम्बन्ध राम्रो बनाएर काम गर्नुपर्ने बताए । ‘संगठनलाई कमजोर बनाउनुहुँदैन ।  जनप्रतिनिधिले संगठनकै बलमा बन्ने  हो , ‘उनले भने, ‘बोलेर होइन जनप्रतिनिधिले कामबाट देखाउनुपर्छ । जनप्रतिनिधि राम्रो काम गरे पार्टी संगठन सुदृढ हुन्छ ।’ उनले पार्टीभित्र यो गुटगत प्रभाव देखिएको भन्दै पार्टीलाई विधिअनुसार, पार्टीलाई केन्द्रमा राखेर काम गर्न आग्रह पनि गरे । 

त्यस्तै उपप्रधानमन्त्री सिंहले बिहीबार बिहान आफू नियमित बानेश्वरस्थित सम्पर्क कार्यालयमा आउने भन्दै क्षेत्रको समस्या भए सोही दिन लिएर आउन पनि आग्रह गरे। पार्टीको सय दिने अभियानले संगठन सुदृढीकरणका लागि योगदान गर्ने पनि सिंहले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस