काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागु गरेर नेकपा एमालेले श्रमिकहरूको जीवन रक्षाका लागि ऐतिहासिक काम गरेको नेकपा (एमाले) कोशी प्रदेश सदस्य भीम ज्वाला राईले बताएका छन् ।
श्रमिकहरूको जीवनमा आइपर्ने हरेक संकट समाधान योगदानमा आधारित सामाजिक सुरक्षा योजना रहेको बताउँदै श्रमिक बिरामी हुँदा उपचार, घाइते हुँदा उपचार, श्रमिकको ज्यान गएमा आश्रित परिवारलाई राहत, बुढ्यौलीमा पेन्सन, काम रोकिदा भत्ता सहितको सामाजिक सुरक्षा योजना नेकपा एमाले सरकारको पालमा जारी गरिएको र अहिले करिव १६ लाख श्रमिकहरू यसबाट लाभान्वित भएको राईले बताए ।
नेकपा एमाले धरान उपमहानगर मजदुर शाखा कमिटीको दोस्रो अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि राईले श्रमिकहरूको हित रक्षा र अधिकारको ग्यारेण्टी कम्युनिष्ट पार्टीको उद्देश्य अनुरूप नेकपा एमालेले श्रमिकहरूको पक्षमा काम गरिरहेको बताए ।
कार्यक्रममा नेकपा एमाले धरान उपमहानगर अध्यक्ष हर्कजंङ एभेङले पार्टीभित्र श्रमिकहरूको उपस्थिति बलियो बनाउनु पर्ने बताए । पार्टी श्रमिकहरूको मुद्दामा प्रतिबद्ध छ त्यही अनुपातमा पार्टीभित्र मजदुरहरूको संख्या उलेख्य वृद्धि गर्नु पर्ने बताए ।
मजदुर शाखा कमिटीको नेतृत्व भट्टराईलाई नेकपा एमाले धरान उपमहानगर मजदुर शाखा कमिटीको दोस्रो अधिवेशनले हरि भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा तिलक बिक, सचिवमा बलबहादुर लिम्बू, सहसचिवहरूमा टिका निरौला र गणेश योङहाङ चयन भएका छन् ।