५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोडसेडिङ हुन नदिन भारतबाट ६५० मेगावाट विद्युत् आयात गरिने

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतबाट ६५० मेगावाट विद्युत् आयात गर्न लागिएको बताएका छन् ।

मन्त्री खड्काले नेपालभित्रको आन्तरिक विद्युत् आपूर्तिलाई सहज बनाउन भारतसँग ६५० मेगावाट विद्युत् खरिद गर्न लागिएको बताएका हुन् ।

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन भारतसँग ६५० मेगावाट विद्युत् आयात गर्ने सहमति भएअनुरूप पुस महिनादेखि नै खरिद गरिने उनको भनाइ छ ।

उनले गत वर्षको बाढीले जलविद्युत आयोजनाहरूमा धेरै क्षति भएर उत्पादनमा देखिएको कमीको कारण लोडसेडिङ हुन नदिन भारतसँग विद्युत् पुस महिनाबाट खरिद गर्न लागिएको बताए ।

सरकारले क्षति भएका आयोजनाहरूको निर्माणमा तीव्रता दिएको भन्दै ऊर्जामन्त्री खड्काले विद्युत् माग र आपूर्ति सहज बनाउने विषयमा सरकार गम्भीर रहेको बताए ।

‘गत वर्षको भन्दा साढे ३०० मेगावट जति यस वर्ष उत्पादन थप हुने र हिउँदमा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या पर्ने भएकाले सकेसम्म लोडसेडिङ हुन नदिने योजनाका साथ कार्यतालिका बनाइएको छ’, उनले भने, ‘साँझको बेला भारतले चार घण्टा दिन सक्ने बताए पनि भारतसँग थप छलफल गर्ने तयारी छ ।’

उनले भारतका ऊर्जामन्त्री नेपालमा आउने तयारी रहेको बताए । ‘केही घण्टा बेलुकाको समयमा कुनै ठाउँमा लोडसेडिङ हुने अनुमान छ, तर विगतको जस्तो अहिले पनि फरक पर्ने स्थितिमा छैनौँ ।

नेपालले ९०० मेगावाटसम्म आपूर्ति गर्ने गरेका थियौँ । साढे ६०० मेगावाट आपूर्ति गर्ने भयौँ । नेपालभित्रै साढे ३०० मेगावाट थप हुने भयो । यसले विद्युत् सप्लाईलाई खासै ठूलो असर पर्दैन’, ऊर्जामन्त्री खड्काले भने ।

प्रतिक्रिया दिनुहोस