काठमाडौँ । नेकपा एकीकृत समाजवादीले तत्काल कुनै पनि पार्टीसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको छ ।
उपाध्यक्ष एवं प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार स्थायी कमिटी बैठकले अहिले कुनै पार्टीसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको हो ।
‘सबैसँग सहकार्य गर्न तयार छौँ, तर कुनै पार्टीसँग एकता गर्ने सम्भावना नरहेको जानकारी गराउँछौ’, खतिवडाले भने ।
भोलि सकिने स्थायी कमिटीले तत्काल कुनै पार्टीसँग एकता सम्भावना नरहेको निर्णय गर्ने उनले बताए । माओवादी केन्द्र सहितको समाजवादी मोर्चामा एकीकृत समाजवादी रहेकाले बेलाबेला पार्टी एकताको चर्चा हुने गरेको छ ।
तर त्यस्तो चर्चाको खण्डन हुने गरी एकीकृत समाजवादीले तत्काल कुनै पनि कम्युनिस्ट पार्टीसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको छ ।