९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्द्रीय अपराध अभिलेखालय स्थापना गर्दै नेपाल प्रहरी

अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीमा केन्द्रीय अपराध अभिलेखालय स्थापना गरिने भएको छ । संसदमा पेस गर्न लागिएको प्रहरी विधेयकमा केन्द्रीय अपराध अभिलेखालय स्थापना गर्ने उल्लेख गरिएको छ ।

नेपाल सरकार वादी हुने मुद्दासँग सम्बन्धित फौजदारी अपराध र सो सम्बन्धमा भएका फैसलाको अभिलेख राख्न केन्द्रीय अपराध अभिलेखालय स्थापना गर्न लागिएको बताइएको छ ।

अपराध अनुसन्धान र अभियोजन गर्ने संघ र प्रदेश तहका सबै निकायले कुनै पनि अपराध सम्बन्धी मुद्दामा अन्तिम फैसला भएपछि एकप्रति अभिलेखालयमा पठाउनुपर्ने हुन्छ ।

अभिलेखालयले अपराधको प्रकृति र प्रवृत्ति सम्बन्धमा आवश्यकता अनुसार विज्ञ समेत संलग्न गराई अध्ययन अनुसन्धान गर्न सक्नेसम्म विधेयकमा उल्लेख गरिएको छ ।

यसको आधारमा गृह मन्त्रालयलाई वार्षिक नीतिगत पृष्ठपोषण दिनुपर्नेछ । अभिलेखालयमा रहेको अभिलेख विवरणमा तोकिए बमोजिमको अधिकारीको मात्र पहुँच हुने उल्लेख गरिएको छ ।

अभिलेखालयमा रहेको अपराधको अभिलेखको आधारमा नागरिकलाई तोकिए बमोजिम चारित्रिक प्रमाणपत्र उपलब्ध गराइने विधेयकमा उल्लेख गरिएको छ । संसद खुल्नासाथ उक्त विधेयक संसदमा पठाइनेछ । संसदबाट पारित भएपछि ऐनको रूपमा मान्यता पाएर कार्यान्वयनमा  जानेछ । अहिलेसम्म नेपाल प्रहरीमा केन्द्रीय अपराध अभिलेखालय छैन ।

प्रतिक्रिया दिनुहोस