११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदीय गतिविधिको रचनात्मक आलोचना गर्न राष्ट्रिय सभा अध्यक्ष दाहालको आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदीय गतिविधिका विषयमा रचनात्मक आलोचना गर्न आग्रह गरेका छन् । संसदीय मामिला पत्रकार समाजले सोमबार काठमाडौँमा आयोजना गरेको ‘संसदीय पत्रकारिता : अवधारणा र अभ्यास’ पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष दाहालले संसदीय अभ्यासमा आलोचना गर्दा ध्वंसात्मक नभई रचनात्मक हुनुपर्ने आग्रह गरेका हुन् ।

अध्यक्ष दाहालले संसद्का कतिपय सांसद एवं सचिवालयका पदाधिकारीहरूबारे हुने आलोचनामा रचनात्मकताको कमी देखिने गरेको बताएका हुन् । उनले संसदीय गतिविधिमा कलम चलाउने पत्रकारहरूले सकारात्मक सन्देश दिने खालका समाचार सम्प्रेषण गर्न जरुरी रहेको बताए ।

‘संसदीय व्यवस्थामा हाम्रो चेत आलोचनात्मक नै हो । आलोचनात्मक चेतबाट नै हामीले सोच्नुपर्ने हुन्छ । तर त्यो आलोचना रचनात्मक हुनुपर्दछ, ध्वंसात्मक हुने खालको हुनुहुँदैन । संसद्मै यस्तो भएको पाइँदैन, संसदमा  माननीयले अथवा पदाधिकारीहरूले गर्ने काममा कमीकमजोरी तथा अपुगता देखिन्छ । नियतमै खराबी छ भने त त्यसको लागि छुट्टै बहस होला तर पनि कतिपय विषयवस्तु अपुगताका कारणले पैदा भएका विषयवस्तुलाई रचनात्मक ढंगले स्थान दिनुपर्छ भन्ने मलाई लाग्छ, ‘अध्यक्ष दाहालले भने, समाचारलाई पनि सकारात्मक ढंगले दिनुभयो भने सकारात्मक सन्देश जाने र त्यो अलिकति पनि नकारात्मक गएको अवस्थामा ध्वंसात्मक हुने स्थितिबाट हामी सचेत बनौँ, यो मेरो अपिल हो ।’

अध्यक्ष दाहालले संसदीय मामिला पत्रकार समाजद्वारा प्रकाशित पुस्तक संसदीय विषयमा जानकारी राख्ने र स्वयम् सांसदका लागि पनि उपयोगी रहेको बताए । उनले भने, ‘पुस्तकमा नेपालको संसदीय प्रणालीको खुलापन र विश्वमा यसको अभ्यासबारे थप विषय आउन सकेको भए अझ राम्रो हुने थियो ।’

प्रतिक्रिया दिनुहोस