४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्रामीण महिलाको आय आर्जनको माध्यम बन्दै कोदो

अ+ अ-

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका-६ की हिमा छन्त्यालले यस वर्ष चारमुरी कोदो बेचेर रु. १७ हजार आम्दानी गरिन् । छन्त्यालले गत असारमा रु. चार हजार खर्च गरेर बाँझो बारीमा कोदोखेती गरेकी थिए। 

वर्षौँदेखि बाझिएको बारीमा खनजोत, मल र खेतालाका लागि असारमा रु. चार हजार खर्च गरेकी छन्त्यालले रु. ३० हजार बराबरको सात मुरी कोदो उत्पादन भएको बताइन् । उत्पादन भएको कोदोमध्ये चार मुरी बिक्री गरेर तीन मुरी घरायसी प्रयोजनका लागि राखेकी उनले बाँझो रहेको आफ्नो सबै बारीमा अर्को वर्षदेखि कोदोखेती गर्ने बताइन् ।

छन्त्याल मात्रै होइन पछिल्लो समय म्याग्दीका किसान कोदो खेतीतर्फ आकर्षित हुँदै गएका छन् । माग बढेसँगै आम्दानी पनि वृद्धि हुँदै गएपछि ग्रामीण भेगका महिला किसान कोदो खेतीतर्फ आकर्षित भएका हुन् । राम्रो मूल्य पाउने र उत्पादन गर्न पनि सजिलो भएकाले कोदो खेतीतर्फ आकर्षण बढेको जिल्ला कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

ग्रामीण क्षेत्रका पाखो जमिन कोदोखेतीका लागि निकै उपयुक्त मानिन्छ । कोदोमा मानव स्वास्थ्यका लागि अत्यावश्यक पौष्टिकतत्व भरपुर मात्रामा पाइन्छ । त्यस कारण बेनी, पोखरा, काठमाडौँ लगायतका सहरी क्षेत्रमा कोदोको माग बढेको मंगला गाउँपालिका-४ की गौमती विकले बताइन् ।

कोदोखेती विस्तार र संरक्षणमा सम्बन्धित स्थानीय तहले नै आवश्यक सहयोग तथा बजारीकरणको प्रबन्ध मिलाउन थालेपछि कोदो खेतीतर्फ आकर्षण बढ्दै गएको कृषि प्राविधिक जगत बानियाँले बताए । गाउँका महिला कोदो खेतीतर्फ आकर्षित भएपछि स्थानीय तहहरूले पनि कोदो खेतीतर्फ प्रोत्साहित गर्न सहुलियत र अनुदानका विभिन्न कार्यक्रम विस्तार गर्न थालेका छन् । 

सहर बजारबाट कोदोको माग आउन थालेपछि वर्षौँदेखि बाँझो रहेको जग्गामा कोदोखेती विस्तारका लागि किसानलाई सहयोग गर्ने गरेको मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगरले बताइन् ।

“कोदो घरेलु मदिरा उत्पादन र सहर बजारमा खानाका लागि प्रयोग हुँदै आएको छ, पछिल्लो समय सहर बजारबाट कोदोको माग अत्यधिक हुन थालेपछि यहाँका किसानले भनेको मूल्य पाएका छन्”, उपाध्यक्ष मगरले भनिन्, “गाउँपालिकाले पनि कोदो खेतीलाई प्रोत्साहित गरेको छ, कोदोको मदिरालाई ब्राण्डिङगरी बजारीकरणका लागि पनि छलफल भइरहेको छ ।”

आफूले उत्पादन गरेको कृषि उपजले बजार पाएपछि यहाँका किसान पनि खुसी भएका मालिका–१ निस्कोटका वडाध्यक्ष टङकप्रसाद पुनले बताए । महिलाहरू आम्दानीसँग जोडिएपछि गाउँको आर्थिक अवस्था पनि सबल बन्दै गएको स्थानीय जनप्रतिनिधिको भनाइ छ । 

तीन वर्ष अघिसम्म प्रतिपाथी रु. ६० मा पनि बिक्री नहुने कोदो अहिले रु. दुई सय प्रतिपाथी बिक्री हुन थालेको किसान लक्ष्मी पुनले बताइन् । प्रदेश र स्थानीय सरकारले समेत स्थानीय उत्पादनको बजार व्यवस्थापन र व्यावसायिकरणका लागि ठोस् योजना नै बनाएर प्रोत्साहित गर्ने हो भने कोदो म्याग्दीका किसानको राम्रो आम्दानीको स्रोत बन्न सक्ने पश्चिम म्याग्दीको दरबाङ बजारका व्यवसायी अमृत सापकोटाले बताए ।

म्याग्दीका छ वटै स्थानीय तहमा कोदोको राम्रो उत्पादन हुन्छ । थोरै बीउमासमेत धेरै उत्पादन गर्न सकिने कोदो पाखो जमिनमा लगाउने गरिन्छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा दुई हजार सात सय ५० हेक्टर क्षेत्रफलमा कोदोखेती हुँदै आएकामा गत वर्षदेखि बाँझो जग्गामा पनि किसानले कोदोखेती विस्तार गर्न थालेका छन् ।

गाउँ गाउँमा सञ्चालित होमस्टे (घरवास) मा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ । उत्पादित कोदो बिक्री गर्नाका साथै घरेलु मदिरा उत्पादन गर्ने, ढिँडो र रोटी बनाएर खान बजारमा माग बढिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस