६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वामदेवलाई भित्र्याउन औपचारिक निर्णय गर्दै एकीकृत समाजवादी

अ+ अ-

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमलाई पार्टीमा भित्र्याउनका लागि आज औपचारिक निर्णय गर्दैछ ।

पार्टी केन्द्रीय कार्यालय, आलोकनगर, मीनभवनमा जारी स्थायी कमिटीको बैठकमा सोमबार नै दर्ज भएको उक्त प्रस्तावमाथि आज छलफल र निर्णय हुने पार्टी स्थायी कमिटी सदस्य बलराम बाँस्कोटाले बताए ।

सोमबार अर्का स्थायी कमिटी सदस्य हरि पराजुलीले उक्त प्रस्ताव दर्ज गरेका हुन् । बैठकको अन्त्यमा उठेका विषयको जवाफ दिने क्रममा अध्यक्ष नेपालले वामदेवलाई भित्र्याउने बारेको प्रस्तावमाथि छलफल गरेर मंगलबार निर्णय गर्ने भनेका थिए ।

‘आज निर्णय हुन्छ र वामदेव कमरेड भोलि–पर्सिमै पार्टीमा आउँदै हुनुहुन्छ’, पराजुलीले भने । यदि आजको बैठकको कार्यसूचीमा उक्त प्रस्ताव छुटेको भए फेरि आफूले ध्यानाकर्षण गराउने उनले बताए ।

नेकपा एसले जनताको बहुदलीय जनवादलाई स्वीकार गर्नुपर्ने वामदेवको शर्त नमान्दा उनले लामो समयदेखि पार्टी प्रवेशमा आनाकानी गर्दै आएका थिए । अहिले अध्यक्ष नेपाल र गौतमबीच छलफल भइसकेर जनताको बहुदलीय जनवादलाई अस्वीकार नगर्ने सहमति भएपछि उनी पार्टी प्रवेश गर्न तयार भएका हुन् ।

उनले सञ्चालन गरेको पार्टी एकता राष्ट्रिय अभियानको ७२ सदस्यीय कमिटीसहित उनी नेकपा एसमा प्रवेश गर्न लागेका हुन् । स्थायी कमिटी सदस्य रहेका पराजुलीले सोमबारको बैठकमा आफूसमेत वामदेवकै निर्देशनमा उक्त पार्टीमा क्रियाशील भएको भन्दै स्वयं वामदेवलाई ल्याउने कुरामा अब ढिलो नगरौँ भनेका थिएँ ।

‘त्यत्तिको नेतालाई पार्टीमा ल्याउने कुरामा इफ र बट नराखौँ भनेको छु’, पराजुलीले भने, ‘अध्यक्ष, महासचिवसहित सबैले हो–हो भन्नुभयो ।’

आज बिहान ११ बजेदेखि बस्ने भनिएको स्थायी कमिटी बैठक भने केही समय लम्बिएको छ । बैठकअघि नेताहरूको कार्यविभाजन टुंगो लगाउन गठित पाँच सदस्यीय कार्यदलको बैठक लम्बिँदा स्थायी कमिटी बैठक लम्बिएको हो । उक्त बैठक पार्टी अध्यक्ष नेपालको कार्यकक्षमा जारी छ ।

प्रतिक्रिया दिनुहोस