काठमाडौँ । रुसको परमाणु सुरक्षा बल प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभको हत्या भएको छ । राजधानी मस्कोमा इलेक्ट्रिक स्कुटरमा लुकाएर राखिएको बम विष्फोटबाट उनको हत्या भएको हो ।
राष्ट्रपति भ्लादिमिर पुटिनको निकट साथी मानिने किरिलोभको हत्यापछि रुसमा हलचल मच्चिएको छ । आज मंगलबार भएको यो घटनाको अनुसन्धान गर्न रुसका अधिकारीहरू सक्रिय छन् ।
यो हत्यामा कसको हात छ भन्ने स्पष्ट भइसकेको छैन । तर यसमा युक्रेनको सेनाको हात हुन सक्ने आशंका छ ।