६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्न मन्त्री यादवको निर्देशक 

अ+ अ-

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाका नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

मंगलबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) पानीपोखरीमा रहेको स्वचालित प्रणाली (स्काडा कन्ट्रोल कक्ष) को अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले खानेपानीको भरपर्दो, दिगो र न्यायोचित वितरण सुनिश्चित गर्न निर्देशन दिएका हुन्।

निरीक्षणका क्रममा मन्त्री यादवले भने, ‘काठमाडौँ उपत्यकामा खानेपानीको भरपर्दो र दिगो एवं न्यायोचित रूपमा नागरिकलाई शुद्ध, सफा पानी वितरण सुनिश्चित गर्नुहोला। सबै नागरिकले शुद्ध अनि सफा पानी खान पाउनुपर्छ।’

उनले थपे, ‘मैले काठमाडौँ उपत्यकामा स्वचालित प्रणालीको अनुगमन तथा निरीक्षण गरेको छु। यो प्रणालीबाट स्वचालित रूपमा खानेपानीको वितरण तथा सञ्चालन भइरहेको छ। साथै, पानी वितरणसँग सम्बन्धित विभिन्न तथ्याङ्क संकलन, चुहावट नियन्त्रण र अन्य बाँकी रहेका कामहरू यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएको छु।’

मन्त्री यादवले स्वचालित प्रणालीबाट पानी वितरण र नियन्त्रणका बाँकी कामहरू छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिँदै भने, ‘काठमाडौँ उपत्यकामा पानी वितरणको सम्पूर्ण कामहरू चाँडो सम्पन्न गर्नुस्, ताकि नागरिकले समयमै शुद्ध र स्वच्छ पानी प्राप्त गर्न सकुन्।’

त्यस्तै, उनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजनालाई सम्पूर्ण खानेपानी परियोजनाहरू समयमै सम्पन्न गर्न र चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिए। ‘समयमै नागरिकले शुद्ध पानी खान पाउन, पानीसँग सम्बन्धित रहेका सबै कामहरू तत्काल सम्पन्न गराउनु होला,’ मन्त्री यादवले जोड दिए।

प्रतिक्रिया दिनुहोस