काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आगामी हुने सबै निर्वाचनमा एक्लै चुनाव लड्ने निर्णय गरेको छ।
स्थायी कमिटीको बैठकले अब हुने सबै निर्वाचनमा एक्लै लड्न प्रयास गर्ने निर्णय भएको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए।
उनले भने, हामीले कमल चुनाव चिन्हका उम्मेदवार प्रत्येक भागमा उठाउने तयारी गर्नको लागि तयार भएका छौँ। हामी एक्लै चुनाव लड्ने निष्कर्ष निकालेका छौँ।