२७ चैत्र २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्धारित समयमै सिद्धबाबा सुरुङमार्गको काम सक्न गृहमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले सिद्धार्थ राजमार्गमा पर्ने निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको निरीक्षण गरेका छन् । बुधबार रुपन्देहीबाट पाल्पा जाने क्रममा गृहमन्त्री लेखकले निर्माणाधीन सुरुङमार्गको निरीक्षण गरेका हुन् ।

सिद्धबाबा सुरुङमार्गको निरीक्षण गर्दै गृहमन्त्री लेखकले यस आयोजना बनेपछि मुलुक सुरुङ युगमा प्रवेश गर्ने बताए ।

हाइड्रोतर्फ धेरै नै टनेलहरू बनाइएको भए पनि सडक तर्फ नागढुंगा सुरुङ र सिद्धबाबा सुरुङ निर्माण भएकाले यी सुरुङ मार्गहरूको निर्माणले नेपालको सडक क्षेत्रमा सुरुङ युगमा प्रवेश गर्ने उनको भनाइ थियो । सिद्धबाबा सुरुङमार्ग तोकिएकै समयमा सम्पन्न गर्न उनले आग्रह समेत गरे ।

आयोजनाले सार्वजनिक गरेको मंगलबारसम्मको प्रगति प्रतिवेदन अनुसार सुरुङमार्गको भौतिक प्रगति ३५.२५ प्रतिशत पुगेको छ ।

प्रगति प्रतिवेदन अनुसार तीन वटा बाइपास मध्ये १ सय ५१ मिटर लम्बाइ रहेको पहिलो र १ सय ३० मिटर लम्बाइको तेस्रो बाइपास (क्रस प्यासेज) ‘ब्रेक थ्रु’ भइसकेका छन् । बाइपास २ को अब ७ मिटर खन्न बाँकी छ ।

आयोजनाका अनुसार मुख्य टनेल ९९७ मिटर खनेर सकिएको सिद्धबाबा सुरुङ मार्ग आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले बताइन् । अब ९२ मिटर खनेपछि मुख्य टनेल ब्रेक थ्रु हुने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस