६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रस्ताव

अ+ अ-

काठमाडौँ। निजामती कर्मचारीको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था गर्न प्रस्ताव उठेको छ ।

बुधबार संघीय निजामती विधेयकमाथिको छलफलका क्रममा नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले यस्तो प्रस्ताव अघि सारेका हुन्।

सांसद घर्तीले समितिको बैठकमा भने, “कर्मचारीले सम्पत्ति विवरण पेश गरेर मात्र हुँदैन, त्यो सार्वजनिक गर्नुपर्ने प्रावधान राख्नुपर्छ। यसले पारदर्शिता सुनिश्चित गर्न मद्दत पुर्‍याउँछ।”

हाल निजामती कर्मचारीहरूले आफ्नो सम्पत्ति विवरण निजामती किताबखानामा बुझाउनुपर्ने प्रावधान छ। तर सांसद घर्तीले यो प्रक्रिया अपूरो भएको भन्दै सम्पत्ति विवरण सार्वजनिक गर्न बाध्यकारी कानुन आवश्यक भएको बताएका हुन्।

संघीय निजामती सेवासम्बन्धी विधेयकमा संशोधन प्रस्तावबारे राज्य व्यवस्था समितिले छलफल गरिरहेको छ। २१ फागुन २०८० मा प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक सैद्धान्तिक छलफलपछि १५ जेठ २०८१ मा दफावार छलफलका लागि राज्य व्यवस्था समितिमा पठाइएको थियो।

सांसदहरूले संघीय निजामती विधेयकमा १ सय २४ समूहमा १,५८३ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्। यसअघि, २०७५ सालमा दर्ता भएको विधेयक सरकारले २०७८ साल असोजमा फिर्ता गरेको थियो। त्यसपछिको संसद्को अघिल्लो कार्यकालमा यो विधेयक अघि बढ्न सकेको थिएन ।

प्रतिनिधि सभाको वर्तमान कार्यकालमा यो विधेयक पुनः छलफलका लागि अघि बढाइएको छ। छलफलमा सांसदहरूले संविधानको मर्म र भावना अनुसार ऐन बनाउनुपर्नेमा जोड दिएका छन्। छलफलका क्रममा सांसदहरुले आ–आफ्ना धारणाहरू पेश गर्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस