८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योग परिसंघ अध्यक्ष अग्रवालले भने-उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्छ

अ+ अ-

काठमाडौँ। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्ने बताएका छन् ।

बुधबार थापाथलीमा रहेको परिसंघको कार्यालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष अग्रवालले अहिले नेपालको अर्थतन्त्र आयातमा निर्भर रहेकाले यसलाई उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनु परिसंघको उद्देश्य रहेको बताए ।

चार वर्षको अथक प्रयासपछि मन्त्रिपरिषद्ले स्वदेशी वस्तुको उपयोग सम्बन्धी कार्यविधि पारित गरेको उनको भनाइ छ । मेकइन नेपालको उद्देश्य नेपालमा उत्पादन गरेर नेपाली वस्तुको उपयोग गर्ने रहेको बताए ।

परिसंघले पूर्वधार सम्बन्धी गोष्ठी र महिलाहरूलाई सक्षम बनाउने खालका कार्यक्रम गरिरहेको र त्यसबाहेक सञ्चारकर्मीहरूसँग नयाँ कार्यक्रम सुरु गरेको उनले उल्लेख गरे ।

उनले भने, ‘कतिपय विषयहरू टेक्निकल हुन्छ । त्यसमा हाम्रो मिडियाको साथीहरूलाई थाहा नभएको र निजी क्षेत्रको कुराको पनि राम्रो ज्ञान होस् भनेर सञ्चारकर्मीहरूसँग नयाँ कार्यक्रम सुरु गरेको हो । यसको सन्दर्भमा हामीले आयकर ऐन २०५८ को दफा ५७ को बारेमा छलफल गरेका छौँ । जसले गर्दा विदेशी लगानी र स्वदेशी लगानीमा कहाँ समस्या आएको छ भनेर बहस गरेका थियौँ । यो गर्दा एक आपसमा छलफल हुन्छ भनेर नै छलफल गरेका हौँ । छलफलले परिसंघ र मिडियाको एक आपसमा राम्रो सम्बन्ध पनि हुन्छ ।’

अग्रवालले हिजो मात्रै विद्युत् प्राधिकरणले लोडसेडिङ गर्ने घोषण गरेको बताए । अघिल्लो वर्ष तामाकोशी चलेको थियो त्यो बेला पनि उद्योग १२ घण्टासम्म लोडसेडिङमा नै रहेको बताए ।

उनले भने, ‘अघिल्लो वर्ष तामाकोशी चलेको थियो त्यो बला पनि उद्योग १२ घण्टा लोडसेडिङमा बसेको थियो । अहिले तामाकोशीको बहानामा हुँदैन भन्ने कुरा कतिसम्म ठिक छ ? भन्ने छलफलको विषय हो । त्यो बेलापनि भारतबाट आयात गर्न सकिन्थ्यो तर आफूलाई नेट एक्स्पोर्टर देखाउनको लागि आयात नगरेको अवस्था थियो । जिरो रकमले नेट एक्स्र्पोटर देखाइएको थियो अन्तिममा गएर त्यो बेला विद्युत् प्राधिकरणको मातहतमा नेट एक्स्पोर्टर नभएर अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने थियो भन्ने कुरा पनि मुख्य हो । लोडसेडिङले उद्योगलाई आर्थिक रूपमा प्रभाव धेरै पर्छ । विद्युत् भनेको उत्पादन क्षेत्रको कच्चा पदार्थ नै हो । तर, त्यसको उपलब्धता नहुँदा हामी आत्मनिर्भर अर्थतन्त्र, आयात प्रतिस्थापनको कुरा गर्ने सोचमा मात्रा रहन्छ जस्तो लाग्छ । किन भने विद्युतको उपलब्धता जस्तो सानो कुरा पनि नहुनु भनेको हाम्रो लागि दुर्भाग्य पनि हो ।’

प्रतिक्रिया दिनुहोस