८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेल हारेपछि आशिफ शेखले भने-गल्ती गरेर सुदूरपश्चिम हाबी भयो

अ+ अ-

काठमाडौँ। जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको सुदूरपश्चिम रोएल्ससँगको खेलमा राम्रो सुरुवात भएर पनि मिडल अर्डरमा चुक्दा राम्रो लक्ष्य दिन नसकिएको जनकपुर बोल्ट्सका कप्तान आशिफ शेखले बताएका छन् ।

सुदूरपश्चिम रोयल्ससँग पहिलो क्वालिफायरमा पराजित भएपछि पत्रकार सम्मेलमा कप्तान आशिफले मिडल अर्डरमा राम्रो गर्न नसक्दा लक्ष्य दिन ३० देखि ४० रन कम भएको प्रतिक्रिया दिए ।

ब्याटिङमा जिमी निशामबाहेक कुनै एक खेलाडीले राम्रोसँग इनिङ अगाडि बढाउन नसकेको उनले उल्लेख गरे । उनले ब्याटिङमा दिएको जिम्मेवारी पूरा हुन नसक्दा राम्रो लक्ष्य प्रस्तुत गर्न नसकिएको बताए । जिमी निशामसँग स्ट्राइक रोटेट गर्ने गराउन लक्ष्य भए पनि अन्यले साथ नदिएको उनको भनाइ छ ।

उनले पछिल्ला केही खेलसँगै आज पनि बलिङ र ब्याटिङमा राम्रो गर्न नसकेको र यी पक्षमा सुधार गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । सुदूरपश्चिमले कम गल्ती गर्दा हाबी भएको उनको बुझाइ छ ।

कर्णालीसँगको दोस्रो क्वालिफायरमा पनि कम गल्ती गरेर खेल्ने टोलीको जित सम्भव रहेको उनको भनाइ छ ।

उनले कर्णालीसँग पिचको अवस्थाअनुरूप खेल्नुपर्ने औँल्याए । सुदूरपश्चिमले प्रतियोगिताभर राम्रो खेल्दै आएको र बलियो टोली रहेको उनको भनाइ छ । यही टोलीलाई फाइनलमा हराउने पनि उनको लक्ष्य छ ।

सुदूरपश्चिमका लागि अर्धशतक प्रहार गरेका विनोद भण्डारीले यसअघि सुदूरपश्चिमले राम्रो खेल्दै आएको र फाइनलमा पनि राम्रो खेल्ने विश्वास व्यक्त गरे । रन लिने क्रमका खुट्टामा दुखे पनि त्यति धेरै समस्या नरहेको उनले बताएका छन् । उनले सुरुको खेलदेखि नै पावर प्लेमा डोमिनेट गरेर खेल्ने रणनीति अपनाउँदै आएको उल्लेख गरे ।

आजको पिचमा १६० रनसम्मको योगफल हुनसक्ने भए पनि जनकपुरले दबाबमा रहेर खेल्दा सम्भव नभएको उल्लेख गरेका छन् । उनले कप्तान दीपेन्द्र सिंह ऐरी नेपालकै उत्कृष्ट क्रिकेटर रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस