६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री भण्डारीले भने-वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न छुट्टै संस्था खोल्नुपर्छ 

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्न एउटा छुट्टै संस्था स्थापना गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।  वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्नको लागि कानुनले व्यवस्था गरेअनुसारको संस्था खोल्न सरकार लागिपरेको उनको भनाइ थियो ।

स्वास्थ्य मन्त्रालय मातहत रहेको कारण स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूले बदमासी गरे पनि श्रम मन्त्रालयले कारबाही गर्न सक्ने अवस्था नरहेको मन्त्री भण्डारीको भनाइ थियो ।

‘अब नेपाल सरकार, श्रम मन्त्रालयले ऐन र कानुनको आधारमा वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्नको निम्ति कानुनले व्यवस्था गरेको संस्था श्रम मन्त्रालयले दर्ता गर्छ । स्वास्थ्य सम्बन्धी त स्वास्थ्य मन्त्रालयले हेर्ने हो नि त । तर श्रम मन्त्रालयले आफू मातहत राख्छ,’ उनले भने, ‘किनभने वैदेशिक रोजगारीमा जाने नागरिकको स्वास्थ्यमा भोलिको दिनमा केही समस्या परेको खण्डमा उक्त संस्थालाई कारबाही गर्ने अधिकार श्रम मन्त्रालयसँग हुन्छ । बन्द गर्ने अधिकार नि हुन्छ ।’

उनले वैदेशिक रोजगारीको क्षेत्रमा रहेका समस्याहरूको समाधान गर्नको सरकार र रोजगारदाताहरूले चनाखो भएर लाग्नुपर्ने बताए ।

‘अहिले यो काम ठुला-ठूला अस्पतालहरूले गरिरहेका छन् । अब उनीहरूले बदमासी गरेको अवस्थामा कसले कारबाही गर्ने ? श्रम मन्त्रालय ले त सक्दैन । यसो गर्न सकेको अवस्थामा वैदेशिक रोजगारीमा जाने श्रमिकहरू डेथ ट्र्यापबाट जोगाउन सकिन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस