८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु

अ+ अ-

अफगानिस्तान । अफगानिस्तानको मध्य भागमा रहेको राजमार्गमा इन्धन ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका तालिबान सरकारका प्रवक्ताले बताएका छन् ।

राजधानी काबुल र दक्षिणी कान्दाहार शहरको बीचमा रहेको गजनी प्रान्तमा बुधबार राति भएको दुर्घटनामा प्रान्तीय सूचना तथा संस्कृति प्रमुख हमिदुल्लाह निसारले एक्समा बताए । 

“काबुल–कान्दाहार राजमार्गमा दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना भएको र घटनामा ५२ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्,” सरकारका मुख्य प्रवक्ता जबीहुल्लाह मुजाहिदले भने ।

मध्य गजनीको शाहबाज गाउँ नजिकै एउटा बस इन्धन ट्यांकरसँग ठक्कर खाँदा  दुर्घटना भएको थियो भने अर्को बस पूर्वी जिल्ला अन्दरमा एउटा ट्रकसँग ठोक्किएको निसारले बताए । 

उद्धार टोली घटनास्थलमा पुगेको र घाइतेलाई अस्पताल पुर्‍याएको र केहीको अवस्था गम्भीर रहेको उनले बताए । 

दशकौँ लामो द्वन्द्व खेपेको अफगानिस्तानमा कमजोर सडक, राजमार्गमा तीव्र गति गुड्ने सवारी साधन र नियमनको अभावका कारण अफगानिस्तानमा सवारी दुर्घटना हुने गरेको छ ।

गत मार्चमा दक्षिणी हेल्मान्ड प्रान्तमा एउटा बस र इन्धन ट्यांकर ठोक्किँदा २० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ३८ जना घाइते भएका थिए।

सन् २०२२ को डिसेम्बरमा अफगानिस्तानको उचाइमा रहेको सलाङ पासमा इन्धन ट्यांकर पल्टिएर आगलागी हुँदा ३१ जनाको मृत्यु हुनुका साथै दर्जनौँ मानिस जलेर घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस