काठमाडौँ । मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार विशेष कारण बस बैठक स्थगित भएको हो ।
आजको बैठकले केही सहसचिवहरूको सरुवा गर्ने र समसामयिक विषयमा छलफलसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय गर्ने तयारी थियो ।