५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऊर्जा मन्त्रालयले भन्यो-विद्युत् कटौतीलाई लिएर प्रकाशित समाचार प्रायोजित हो

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार एक अनलाइन न्युजपोर्टलले मुलुकमा भइरहेको विद्युत् कटौतीलाई लिएर प्रकाशन गरेको समाचार प्रायोजित भएको जनाउँदै त्यसको कडा शब्दमा खण्डन गरेको छ ।

भारतसँगको मुलुकको युगौँ पुरानो मित्रवत् सम्बन्धलाई राजनीतिसँग जोडेर प्रायोजित योजनाअनुरूप पूर्वाग्रहका साथ भ्रामक, असत्य र कपोलकल्पित समाचार प्रकाशन गरेकामा उक्त मन्त्रालयले त्यसको भर्त्सना गरेको छ ।

ऊर्जा मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतले आज एक विज्ञप्ति जारी गरी उक्त समाचार प्रकाशन एवं सम्प्रेषण गर्ने, गर्न उक्साउने, जो कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “सुक्खा महिनाहरूमा नेपालका जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन घट्न गई भारतबाट विद्युत् आयात गरी यहाँको विद्युत् माग-आपूर्तिको सन्तुलन मिलाइँदै आएकामा भारतको इनर्जी एक्सचेन्ज बजारबाट खरिद गरिने विद्युत् भारतको आफ्नै विद्युत् माग बढी भएका कारण ‘पिक आवर’मा नेपाललाई उपलब्ध गराउन नसके पनि भारतीय विद्युत् व्यापार कम्पनीसँगको सिधा वार्तामा आधारित द्विपक्षीय सम्झौता (पिपिए) मार्फत वा बिड आह्वानमार्फत वा पावर एक्सचेन्ज कमिटी (पिइसी) अन्तर्गत विद्युत् आयातका लागि नेपाल विद्युत् प्राधिकरणले आवश्यक पहल गर्न सक्ने र त्यसरी विद्युत् आयात गर्न भारत सरकारले कुनै रोक नलगाएको यथार्थ सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।”

प्रतिक्रिया दिनुहोस