१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको क्रियाशील सदस्यता कुनै तहमा रोकिएको भेटिए केन्द्रले हस्तक्षेप गर्ने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको क्रियाशील सदस्यताको कुनै संरचनाले रोकेर राखेको भेटिए केन्द्रले हस्तक्षेप गर्ने भएको छ । सदस्यता व्यवस्थापन समितिको आज बसेको बैठकले सदस्यता फारम रोकेर राख्ने प्रवृत्तिलाई रोक्ने निर्णय गरेको हो ।

‘उपल्लो तहले सदस्यता फारम रोकेर राखेको भेटियो भने त्यसमा गाँठो फुकाउने कुरा भएको छ,’ व्यवस्थापन समितिका सदस्य प्रकाश स्नेही रसाइलीले भने, ‘कहाँ-कहाँ होल्ड गरिएको छ । त्यसबारेमा अर्को बैठकबाट निर्णय लिन्छौँ ।’

आजको बैठकमा फारम रोकेर काम नगरिएका स्थान बारेमा छलफल भएको थियो । बैठकमा गुटगत समस्याले पनि सदस्यता वितरण र नवीकरणका कार्य प्रारम्भ हुन नसकेको व्यवस्थापन समितिले जनाएको छ ।

१४ औँ महाधिवेशनको इगो र विवाद अहिले पनि देखिएको बारेमा छलफल भएको थियो ।

‘ती जिल्लामा पार्टी सभापतिले फर्म लिएर तल्लो निकायमा नदिएको भन्ने अब हुँदैन । जिल्ला सभापतिले फर्म रोकेको भेटिए केन्द्रले हस्तक्षेप गर्छ,’ उनले भने ।

सदस्यता व्यवस्थापन समितिको अर्को बैठक १८ पुसमा बस्ने भएको छ । महामन्त्री गगन थापाको नेतृत्वमा रहेको समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, रसाइली र योगेन्द्र चौधरी सदस्य छन् ।

महाधिवेशन भएको वर्ष सदस्यता वितरण र नवीकरण गर्न नपाउने विधानको व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस