१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुगमनका क्रममा चार सय पन्ध्र बोरा रासायनिक मल जफत

अ+ अ-

तिलाठी (सप्तरी) । सप्तरीमा चार सयभन्दा बढी बोरा रासायनिक मल जफत गरिएको छ । 

बजार अनुगमन टोलीले मङ्सिर १९ देखि पुस ३ गतेसम्ममा चार सय पन्ध्र बोरा मल जफत गरेको हो । यही पुस ३ गते बुधबार टोलीले बोदेबरसाइन नगरपालिका-५ मा माँ डाक्नेश्वरी टेड्रर्समा छापमारी ५६ बोरा रासायनिक मल जफत गरेको सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले बताए।

उनका अनुसार डाक्नेश्वरी नगरपालिका-५ मा दर्ता रहेको उक्त टेड्रर्सले कालोबजारी गरी मल बिक्री गर्दै आएको थियो । मङ्सिर १९ गते डाक्नेश्वरी नगरपालिका-९ को आदर्श ट्रेडर्स एन्ड सप्लायर्सबाट दुई सय बीस बोरा र हनुमाननगर कंकालिनी नगरपालिका-७ का सत्यनारायण यादवको घरबाट मङ्सिर २६ गते एक सय ३९ बोरा मल जफत गरिएको थियो । जफत गरिएको मल साल्ट ट्रेडिङको अनुदान प्राप्तमध्यकै रहेको सहायक प्रमुख जिल्ला अधिकारी यादवले बताए । सो मल जफत गर्ने बेला सम्बन्धित व्यक्ति नभेटिएकाले कोही पनि पक्राउ नपरेको उनले जानकारी दिए । 

अनुगमनका क्रममा बिल बीजकबिना कारोबार गर्दै आएका चारवटा संस्थालाई जरिवानासमेत गरिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका-९ को नर्सिङ कृषि संस्था लिमिटेड, जय बाबा गणिनाथ उपभोक्ता संस्था लिमिटेड, हंस उपभोक्ता संस्था लिमिटेडलाई रु. पाँच हजार र कृति टेड्रर्स राजविराजलाई रु बीस हजार जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यादवले बताए । “जरिवाना गरिएकाहरूले जरिवाना बुझाइसकेका छन् । मल जफत गरिएका संस्थाका व्यक्तिहरू तत्काल नभेटिएकाले त्यसमा कानुनबमोजिम कारबाही अगाडि बढाइएको छ ।”

प्रतिक्रिया दिनुहोस