८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पहिले विभेद गर्नेले पनि अचेल नौमती बाजा सिक्दै छन्’

अ+ अ-

इलाम । रोङ गाउँपालिकाले महिलालाई व्यावसायिक बनाउन र लोक संस्कृतिको जगेर्ना गर्न नौमती बाजा बजाउन सिकाइँदैछ।

कुनै समय दलित समुदायले मात्र बजाउनुपर्छ भनिएको नौमती बजाउन यहाँ ब्राह्मण, क्षेत्री समुदायका महिलाले पनि तालिम लिँदै छन्। बाजालाई महिलाको क्षमता विकास र आर्थिक अवस्था सुधार गर्ने अवसरका रूपमा सदुपयोग गर्न यस्तो गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) ले बताए।

यही पुस ४ गतेदेखि १५ जनालाई नौमती बजाउने तालिम दिन सुरु गरिएको छ। पुरातानवादी सोच हटाएर लोप हुन लागेको संस्कार, संस्कृतिको जगेर्ना गर्न तालिम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष स्याङ्बोले बताए। ”महिलाको क्षमता विकास, व्यावसायिक बनाएर आर्थिक रूपमा सबल बनाउन तालिमले सहयोग गर्छ भन्ने हाम्रो अपेक्षा हो”, अध्यक्ष स्याङ्बोले भने, “लोप हुँदै गएका संस्कार, संस्कृति, नौमती, सङ्गिनीलगायत लोकबाजा संरक्षण गर्नु सबैको दायित्व हो।”

सुरुका दिनमा बाजा बजाउँदै हिँड्दा साउती गर्दै कुरा काट्नेले अहिले प्रशंसा गर्ने गरेको तालिममा सहभागी गीता कट्टेलले बताइन्। “ब्राह्मण महिलाले नौमती छुन हुँदैन भन्ने समाजले हामीलाई कहिलेकाहीँ व्यङ्ग्य गरे तर सीप सिक्न छोडेका छैनौँ”, उनले भनिन्, “अब त सीपलाई व्यावसायिकता दिने आत्मबल बढेको छ।”

विभेदका कुराले समाजमा एकता नआउने भन्दै नौमतीलाई सबैको साझा लोकबाजाको रूपमा स्थापित गर्न तालिम लिएको अर्की प्रशिक्षार्थी भीम भट्टराई (अर्याल) को भनाइ छ। “अब पुरानो मान्यता राखेर हुँदैन, हामीले नौमतीलाई हाम्रो आय स्तरसँग जोड्नुपर्छ”, उनले भने।

स्थानीय रामबहादुर दर्जीले विगतमा नौमती बजाउँदा विभेद गर्ने समुदायले नौमतीलाई साझा लोक संस्कृतिको रूपमा स्वीकार्न थालेकामा खुसी व्यक्त गरे। उनले भने, “यसरी सबैको सोचमा परिवर्तन आएमा मात्र विभेदरहित समाज निर्माणमा सघाउ पुग्छ।”

तालिम पुस १३ गतेसम्म सञ्चालन हुनेछ। रोङ संगिनी समूहको मागअनुसार महिलाको आयमा सुधार गर्न पहिलो चरणमा १५ जनालाई तालिम दिइएको महिला तथा बालबालिका शाखा प्रमुख राधिका तामाङले बताइन्। उनका अनुसार तालिमको सहजीकरण झापाको बिर्तामोडस्थित माता पाथीभरा नौमती बाजा ट्रेनिङ सेन्टरका प्रशिक्षक तारादेवी आचार्य र टीकादेवी प्रसाईँले गरिरहेका छन्।

नौमती बाजामा झ्याली, ट्याम्को, ढोलक, नरसिंगा, दमाहा, सानो दमाहा, बाउँताल, सहनाइ र कर्नाल रहेका छन्।

प्रतिक्रिया दिनुहोस