८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलाममा नागरिक शान्ति सेवा भवन निर्माण सुरु

अ+ अ-

इलाम । कोशी प्रदेश सरकारले इलाम नगरपालिका-८ तिल्केनीमा नागरिक शान्ति सेवा भवन निर्माण सुरु गरेको छ । प्रदेश सरकारको रु. ५० लाख अनुदान सहयोग र जिल्लास्थित मानवअधिकार मञ्च नेपालको व्यवस्थापनमा उक्त भवन निर्माण सुरु गरिएको हो ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाले भवनलाई मानवअधिकार रक्षाका लागि सुरक्षित आवास गृहका रूपमा प्रयोग गर्न सकिने बताए । “जिल्लामा आवास गृह अभाव छ, कतिपय घटनाका पीडितलाई सुरक्षित आवासको समस्या छ । यो भवनको सदुपयोग त्यस्तो काममा गर्न सकिन्छ”, उनले भने, “आगामी वर्ष भवन निर्माणका लागि प्रदेश सरकारले थप सहयोग गर्छ ।”

उक्त भवन २२ कोठाको हुने मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले जानकारी दिए । “भवन तीनतले बन्छ, हाल रु. ३० लाखमा ठेक्का लागेर काम सुरु भएको छ । छ महिनामा निर्माण सम्पन्न हुन्छ”, उनले भने ।

मञ्च अध्यक्ष मोहनसिंह थेबेले मानवअधिकार रक्षामा भवनको  प्रयोग गरिने बताए । हिंसामा परेका पीडित महिला तथा बालबालिकाको उद्धार गर्न मनोसामाजिक परामर्श यहाँबाट सञ्चालन गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस