७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असोज ३ लाई कालो दिनका रूपमा मनाउने ओमकार धार्मिक संघ-संस्थाबमे घोषणा

अ+ अ-

काठमाडौं । दुई सयभन्दा बढी ओमकार धार्मिक संघ-संस्थाको वृहद सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । सम्मेलनले सरकारसँग विभिन्न मागहरूसमेत राख्दै १३ बुँदे निर्णय गरेको छ।

पुस ५ र ६ गते चाबहिलमा आयोजना भएको सम्मेलनमा विश्व सनातन हिन्दु महासभा गठन गर्ने निर्णय गरेको छ । सबै ओमकार परिवारका संघ, महासंघ, संस्थाहरूको साझा आस्थाको केन्द्रका रूपमा महासभा गठन हुने भएको हो । अबको १ वर्षभित्र नेपालको ७ वटै क्षेत्रमा क्षेत्रीय धार्मिक संघ-संस्था निर्माण गर्ने पनि सम्मेलनले निर्णय लिएको छ ।

ऐतिहासिक एवं शास्त्रीय आधारबाट नै नेपाल सनातन हिन्दु संस्कृतिको मूल केन्द्र भएको र यसै आधारमा नेपाल राष्ट्र बनेको सम्मेलनको निष्कर्ष छ ।

जनभावना विपरीत २०७२ साल असोज ३ गते राजनीतिक दलहरूले धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेर समग्र धर्म मान्ने नागरिकको अपमान भएकाले धर्म सापेक्ष नभएसम्म ‘असोज ३ लाई कालो दिनका रूपमा मनाउने’ निर्णय सम्मेलनबाट गरिएको छ । सो दिन सबै सनातन ओमकार परिवारले अन्न ग्रहण नगर्ने व्रत आन्दोलनको रूपमा सुरु गर्ने सम्मेलनबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

७७ जिल्लामा भएका धार्मिक संस्था र मन्दिरहरू संगठित गरेपछि सनातन हिन्दु राष्ट्र पुनर्स्थापनाको आन्दोलनको अल्पकालीन र दीर्घकालीन कार्यक्रम बनाउने सम्मेलनको निर्णय छ । सनातन हिन्दु राष्ट्र पुनर्स्थापनाको आन्दोलन र अन्य निरन्तरका कार्यका निम्ति सकेको ठूलो अक्षय कोष बनाउने निर्णय पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस