सर्लाही । हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका-१२ घारिबथान बस्ने ४८ वर्षीय बीरबहादुर मोक्तान रहेका छन् ।
उनले लालबन्दी नगरपालिका-१५ तीनतले देउराली बस्ने ६५ वर्षीया विष्णुमाया बम्जनलाई मंसिर २८ गते राति ढुंगा प्रहार गर्दा घाइते भएको थियो ।
घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । विष्णुमायाको लालबन्दीस्थित म्याक्स हस्पिटलमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको थियो । मोक्तानलाई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।