काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानले २६ जना उपप्राध्यापक माग गरेको छ ।
आज (सोमबार) सूचना जारी गर्दै संस्थानले करारमा नियुक्त गर्ने गरी २६ जना उपप्राध्यापकका लागि दरखास्त माग गरेको हो ।
संस्थानले २६ छुट्टाछुट्टै विषयका लागि उपप्राध्यापक मागेको हो भने, करार अवधि कम्तिमा एक वर्ष भनिएको छ। योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको २८ दिनभित्र आवेदन फाराम बुझाउन सक्ने सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूची :
