काठमाडौँ । अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ विराटनगर महानगरपालिका-८ बस्ने २९ वर्षीय जितेन्द्र रायलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३/००१ ख २५४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा उक्त पदार्थसहित प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
रायलाई आवश्यक कारबाही तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।