काठमाडौँ। दाङमा सवारी दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ४ भुरिपुर गाउँ निवासी २६ वर्षीय गणेश चौधरी छन् ।
सोमबार बेलुका ७:३० बजे लमही नगरपालिका वडा नम्बर ६ पदमेनी सोता नजिकै लु १ ख ९३५२ नम्बरको रोकिराखेको ट्रकमा लुम्बिनी प्रदेश ०००२ प ११४८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार प्रहरी जवान चौधरीको मृत्यु भएको हो ।
प्रहरी जवान चौधरी वडा प्रहरी कार्यालय लमहीमा कार्यरत थिए ।