६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच महिनामा जीवन बीमा कम्पनीले ६५ अर्ब ७४ करोड बीमा शुल्क उठाए 

अ+ अ-

काठमाडौँ । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिर)सम्म जीवन बीमा कम्पनीहरूले ६५ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् । यस अवधिमा बीमा कम्पनीहरूले ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको हुन् ।

जीवन बीमा कम्पनीहरूले उक्त शुल्क प्रथम बीमा शुल्कबाट १२ अर्ब ४७ करोड १ लाख, वैदेशिक रोजगार बीमा शुल्कबाट १ अर्ब १८ करोड ९७ लाख र नवीकरण बीमा शुल्कबाट ५२ अर्ब ८ करोड १९ लाख रुपैयाँ संकलन भएको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार राष्ट्रिय जीवन बीमा कम्पनीले यस अवधिमा २ अर्ब २५ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ७ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १८ अर्ब ७६ करोड ४८ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल० लिमिटेडले ७ अर्ब ६६ करोड ३६ लाख र मेट लाइफले २ अर्ब ३३ करोड २० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

चालू आवको पाँच महिनामा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ३६ करोड ४ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब ८९ करोड ४९ लाख रुपैयाँ शुल्क संकलन गरेको छ ।

यस अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ५७ करोड ७६ लाख र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ९२ करोड १५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ६५ करोड ५४ लाख संकलन गर्दा सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ९९ करोड ६८ लाख बीमा शुल्क संकलन गरेका छन् ।

त्यसैगरी, यस अवधिमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ५९ करोड ७५ लाख, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ६ अर्ब ७९ करोड १४ लाख र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ९४ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस