काठमाडौँ। दुई जना उपसचिवहरूलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ ।
नेपाल कृषि सेवाका एक र नेपाल वन सेवाका एक गरेर दुई जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् ।
ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवा समितिको मंगलबार बसेको बैठकले उपसचिव डा.संजय कुमार यादव र अजीत कुमार कर्णलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।