काठमाडौँ । प्रहरीले ललितपुर महानगरपालिका-९ च्यासलस्थित टाउन हब क्याफेमा आउने ग्राहकलाई चक्कु प्रहरी गरी हत्या गरेको अभियोगमा डडेलधुरा परशुराम नगरपालिका-११ घर भई च्यासल बस्ने हेमराज भट्ट र काभ्रे मण्डनदेउपुर नगरपालिका-११ घर भइ च्यासल बस्ने जनक बहादुर तामाङलाई पक्राउ गरेको छ ।
पक्राउ परेका दुवै जना क्याफेका कर्मचारी हुन् ।
प्रहरीका अनुसार सोही क्याफेमा आएका सुनसरी इटहरी घर भई सातदोबाटो बस्ने नयन गुरुङसँग विवाद हुँदा भट्टले धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएका थिए ।
घाइते गुरुङको बीएण्डबी अस्पतालमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको थियो । यससम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।