७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य मन्त्री पौडेलले भने-‘दुई ठुला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट छैन’

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मुलुकका दुई ठुला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । 

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले नेपाली काँग्रेस र नेकपा (एमाले) समीकरणमा संसदको झन्डै दुई तिहाइ बहुमतको सरकार बनेको बताए। 

उनले यो सरकारले पनि आम नागरिकको अपेक्षाकृत रूपमा काम गर्न नसके अर्को बलियो र फरक परिस्थितिको अनुमान गर्न सक्ने अवस्था नभएको बताए। उनले दुई ठुला पार्टी मिलेर बनेको सरकारले काम नगरेर अर्को विकल्पको सरकार बनेर काम गर्न सक्छ भन्ने आशा गर्न सक्ने स्थिति नभएको बताए। उनले दुई ठुला पार्टी मिलेर सरकार बन्नु आफैँमा राजनीतिक शक्तिको एकीकृत स्वरूप निर्माण भएको बताए। उनले एकीकृत स्वरूप निर्माण भएपछि जनताले अपेक्षा गरेका काम नगर्ने छुट वर्तमान सरकारलाई नभएको उल्लेख गरे।

उनले भने, ‘‘नेपाली काँग्रेस र नेकपा (एमाले) समीकरणमा सरकार बनेको छ। संसदको झन्डै दुई तिहाइ बहुमतको सरकार बनेको छ। यो सरकारले पनि आम नागरिकको अपेक्षाकृत रूपमा काम गर्न सकेन भने अब यो भन्दा बलियो र फरक परिस्थितिको आशा गर्न सक्ने स्थिति हुन सक्दैन। त्यसैले सरकार बन्नु आफैँमा राजनीतिक शक्तिहरूको एकीकृत स्वरूप निर्माण हुनु हो।’’

उनले सरकारको जस्तै पत्रकार महासंघमा पनि त्यही परिस्थिति बनेको भन्दै चुनौती पूर्ण सफलतालाई  पत्रकारको पेशागत मर्यादा र योगदानलाई निरन्तरता दिने वातावरण बनाउन जरुरी रहेको बताए। 

प्रतिक्रिया दिनुहोस