काठमाडौँ । नेकपा एमालेका पुर्वउपाध्यक्ष भीम रावलले आफूमाथि अध्यक्ष केपी शर्मा ओलीले गरेको निर्णयलाई तानाशाही, निरङ्कुश र स्वेच्छाचारीको संज्ञा दिएका छन्। एमालेले साधारण सदस्यसमेतबाट निष्कासन गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
बुधबार पार्टी कार्यालय सानेपामा बसको पार्टी सचिवालय बैठकले रावललाई अनुशासनको कारबाही गर्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकाल्ने निर्णय गरेको छ।
सम्बन्धित समाचार : एमालेले भीम रावललाई संगठित सदस्यबाट हटायो
निर्णय लगत्तै रावलले अध्यक्ष ओलीको चाहनामा भएको निर्णयलाई तानाशाही, निरङ्कुश र स्वेच्छाचारितापूर्ण भएको टिप्पणी गरेका हुन्। उनले ओलीको यस्तो निर्णयबाट आफूलाई कुनै असर नगर्ने जनाएका छन्।