६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारी सम्बन्धी अध्यादेश जारी गर्न सरकारलाई एमालेको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले सहकारी ऐन-२०७४ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार बसेको पार्टी सचिवालय बैठकले उक्त अध्यादेश चाँडै जारी गराउन ध्यानाकर्षण गराइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश पारित गरेको थियो ।

‘‘अध्यादेशले सहकारीको सन्दर्भमा संसदीय छानबिन समितिले दिएको सिफारिस अनुसार अधिकार सम्पन्न प्राधिकरण बनाउने र सहकारीसँग सम्बन्धित बेथिति नियमन गर्न यसले बलियो कानुनी आधार पनि तर्जुमा गर्नेछ । छिट्टै त्यो अध्यादेश जारी होस् भनेर बैठकले ध्यानाकर्षण गरेको छ,’ उपमहासचिव ज्ञवालीले भने ।

सरकारले ल्याउन लागेको उक्त अध्यादेशले सहकारी संस्थाहरूको नियमनका लागि ‘सहकारी नियमन आयोग’ गठन गर्ने प्रस्ताव गरेको छ । पाँच सदस्यीय आयोगमा एक जना अध्यक्षका अतिरिक्त, एक जना विज्ञ, एक चार्टर्ड एकाउन्टेन्ट, सहकारी मन्त्रालयको सहसचिव सदस्य रहने उल्लेख गरिएको छ ।

त्यस्तै, सहकारी विभागका उपरजिष्ट्रार सदस्य सचिव हुने प्रस्ताव पनि गरिएको छ ।

सोही विषयमा आजको बैठकमा छलफल भएको जानकारी गराउँदै उपमहासचिव ज्ञवालीले भनेका छन्, ‘सरकारले अत्यन्तै महत्त्वपूर्ण अध्यादेश ल्याएको छ ।’

सरकारले सहकारी क्षेत्रमा रहेका बेथितिविरुद्ध कारबाही अघि बढाएको भन्दै त्यसमा सरकार निर्ममतापूर्वक अघि बढेको जिकिर एमालेको छ । त्यस्तै, सहकारी प्रकरणमा सरकारले राजनीतिक प्रतिशोध नसाँधेको पछिल्ला घटनाक्रमले खण्डन गरेको उपमहासचिव ज्ञवालीले जिकिर गरेका छन् ।

‘संसदीय छानबिन समितिले गरेको सिफारिस अनुरूप सहकारीगत क्षेत्रमा बेथितिहरूविरुद्ध कारबाही अघि बढेको छ । त्यस मामलामा सरकार निर्ममतापूर्वक अघि बढेको छ,’ उनले भने, ‘सत्तारुढ दलका नेता कार्यकर्ता पनि पर्नुभएको छ । जे राजनीतिक प्रतिशोध भनेर भन्न खोजिएको छ, घटनाक्रमले नै खण्डन गरेका छन् । यी विल्कुल तथ्यमाथि आधारित भएर कामकारबाही अघि बढाएको छ ।’

प्राधिकरण स्थापना भएपछि राष्ट्रिय सहकारी विकास बोर्ड र सहकारी विभागको आवश्यकता नै नरहेको भन्दै खारेज गर्न सुझाव दिइएको थियो । तर, सरकारले बोर्ड खारेज गरे पनि विभाग भने कायमै राख्ने भएको हो ।

सहकारी संस्थाहरूलाई ‘क’, ‘ख’ र ‘ग’ वर्गमा वर्गीकरण गर्ने व्यवस्था भएको पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस