काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अनुशासनको व्याख्या गर्न एआईको सहारा लिएका छन् ।
एमालेको बुधबार बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको छ भने स्थायी कमिटी सदस्य डा।बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना निलम्बन गरेको छ ।
पार्टी निर्णयको बचाऊ गर्दै महासचिव पोखरेलले पार्टी अनुशासन बारे एआईको धारणा भन्दै एक सन्देश बुधबार साँझ शेयर गरेका छन् । ‘पार्टी अनुशासनबारे एआईको धारणा’ शीर्षकमा शेयर गरिएको सामग्रीमा पार्टी अनुशासनको महत्त्व बारे उल्लेख गरिएको छ ।
