७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षमान पुनको दाबी : माओवादीका कारण देशको मालिक राजा हैन, जनता भएका छन्

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले माओवादीको सपनाकै कारण जनता देशको मालिक बन्ने अवस्था सृजना भएको बताएका छन् ।

विगतमा धर्मका नाममा शासन सत्ता चलाउने र हिन्दु धर्म अनुसार राजालाई विष्णुको अवतार मानेर राजालाई नै देशको मालिक मान्ने परम्परा रहेको उल्लेख गर्दै उनले अहिले त्यो पुरानो सोच र मान्यता बदलिएको बताए । नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रमा जनता नै देशको मालिक हुने र संघीयताको कार्यान्वयनले गाउँ गाउँमा सिंहदरवार पुग्ने अवस्था सृजना भएको उनको टिप्पणी थियो ।

रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका वडा नम्बर ५ को नवनिर्मित भवन उद्घाटन गर्दै नेता पुनले भने, ‘देशको मालिक जनता भएका छन् । हिजो राजा देशका मालिकका रूपमा गनिन्थे । हिन्दु धर्म अनुसार राजालाई विष्णुको अवतारका रूपमा लिइन्थ्यो । अहिले जनयुद्ध र जनआन्दोलनका कारण देशमा गणतन्त्र आएको छ र जनता नै देशको मालिक हुन् भन्ने मान्यता स्थापना भएको छ ।’

पूर्व अर्थ तथा ऊर्जा मन्त्रीसमेत रहेका नेता पुनले गणतन्त्रमा पनि जनताले चाहेका सबै माग पुरा नभएको स्वीकार गरे । ‘गणतन्त्र भनेको जताको शासन हो । जनता आफैँले जनताका प्रतिनिधि चुन्ने र मन परेन भने फेर्ने जनताको व्यवस्था नै गणतन्त्र हो र यो उत्कृष्ट व्यवस्था हो ।

‘उनले भने, ‘देशमा भौगोलिक विविधता छ । त्यैले हामीले संघीयताको कुरा गरेका थियौँ । माओवादीले गाउँ-गाउँमा सिंहदरवारको नारा लगाएको थियो । अहिले संविधान अनुसार स्थानीय तहमा सरकार आएको छ । संघीयतामा छौँ । आफैँले आफैँलाई शासन गर्ने अवस्था सृजना भएको छ । तर जनताको अवस्था भने अझै सुधारिएको छैन । त्यसमा हामीले काम गर्नु पर्ने छ ।’

केही कमजोरीका बाबजुद समग्र विकासका हिसाबले पञ्चायत, राजतन्त्र, बहुदलीय प्रजातन्त्र भन्दा पनि गणतन्त्र उत्कृष्ट भएको उनले तर्क अघि सारे । सडक विकासको एउटा मात्रै उदाहरण लिने हो भने पनि जनताको हित गर्ने शासन व्यवस्था गणतन्त्र नै हो भन्ने पुष्टि हुने उनको भनाई थियो ।

उपमहासचिव पुनले थपे, ‘एउटा सत्य के हो भने, पञ्चायत कालभरी जम्मा ७ हजार किलोमिटर बाटो खन्यो, बहुदलीय व्यवस्थामा जम्मा १८ हजार बाटो खनियो । तर अहिले गणतन्त्रको १५ वर्षमा एक लाख किलोमिटर भन्दा बढी बाटो खनियो । भनेपछि विकासका हिसाबले पनि गणतन्त्र सही हो । तर जनताको चाहाना अझै पूरा भएको छैन । यो व्यवस्थालाई अझै सुधार गर्नुपर्ने छ ।’

आजै भएको लुङग्री गाउँपालिकाले गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बोल्दै उपमहासचिव पुनले खेलकुदले व्यक्तिको चौतर्फी विकास हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस