काठमाडौँ । कोशी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको सिफारिसका आधारमा प्रदेश निजामती सेवाका विभिन्न सेवा/समूहका ३७ जना कर्मचारीलाई अधिकृत स्तर सातौँ तहमा बढुवा गरेको छ।
बढुवा समितिको बुधवार बसेको बैठकमा प्रदेश कृषि सेवा अन्तर्गत विभिन्न समूहका र प्रदेश प्रशासन सेवाका, विविध, सामान्य प्रशासन र लेखा समूहका पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
