काठमाडौँ । सरकारले सहसचिव मधु भटुवाललाई सचिवमा बढुवा गरेर जल तथा ऊर्जा आयोगको जिम्मेवारी दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भटुवाललाई बढुवा गरेर जल तथा ऊर्जा आयोग सचिवको जिम्मेवारी दिएको हो । प्राविधिकतर्फ रिक्त रहेको सचिव पदका लागि तीन जना सहसचिव सिफारिसमा परेका थिए ।
दिनानाथ शर्मा, चिरञ्जीवी चटौत र मधु भेटुवाल प्रतिस्पर्धामा थिए । पहिलो नम्बरमा रहेका शर्मालाई दोस्रो नम्बरमा रहेका भेटुवालले जितेर सचिव भएका छन् । चटौत सिफारिसको तीन नम्बरमा थिए ।