१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मान्छे खुवाएर बाघ पाल्न सकिदैन्  : प्रधानमन्त्री ओली 

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका छन् ।

बिहीबार काठमाडौँमा वन तथा वातावरण मन्त्रालयले कोप-२९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वनको क्षमता हेरेर मात्रै नेपालले बाघ पाल्नुपर्ने बताए ।

‘अहिले साढे ३ सय भन्दा बढी बाघ छन् । जंगलमा मात्रै होइन, गाउँमा पनि बाघ छ कि भनेर हिँड्नुपर्छ,’ उनले भने, ‘हामीले पनि चाहिने खालका काम गर्नुपर्छ । बाघ साढे तीन सय पाल्ने होइन, अलि थोरै पाल्नुपर्छ । डेढ सय बाघ भए पुग्छ ।’

अरूले ३० प्रतिशत जंगल राख्ने गरे पनि नेपालले भोकै बसेर भए पनि ४७ प्रतिशत जंगल राख्ने अवस्था सधैँ नरहने उनले बताए ।

ओलीले नेपालको वनको क्षमताअनुसार १५० भन्दा बढी बाघ पाल्न नसकिने भए पनि अहिले नेपालमा ३ सय भन्दा बढी बाघ रहेको स्पष्ट पारे । अब अरूले भनेअनुसार बाघको संख्या अब बढाउन नसकिनेमा उनले जोड दिए ।

नेपालले मित्र राष्ट्रहरूलाई बाघ पाल्ने भए उपलब्ध गराउने तर अब बाघको संख्या बढाउन नसक्ने बताए ।

‘हामी पनि ३० प्रतिशत राख्छौँ । बाँकी धान, गहुँ फलाउँछौँ, मज्जाले खाएर बस्छौँ,’ उनले भने, ‘हामीलाई ३० प्रतिशत जंगलले श्वास फेर्न पुग्छ ।’

सन् २००९ मा डेनमार्कको कोपनहेगनमा भएको बाघ सम्मेलनमा नेपालले १० वर्षमा डब्बल बनाउने प्रतिबद्धता जनाएको उनले स्मरण गरे । सन् २००९ मा नेपालमा ११० वटा बाघ रहेकोमा १० वर्षमा डब्बल गर्ने प्रतिबद्धता अनुरूप नेपालले सन् २०१८ मै अढाइ सयभन्दा बढी बाघ बढेको उनले बताए ।

प्रधानमन्त्री ओलीले छिमेकीलाई बाघ दिन तयार रहेको बताए । ‘उपहार दिऔँ, हाम्रा मित्रहरूलाई । कोही बाज, कोही मयुर पालेका हुन्छन्, त्यस्ता जाबो चरा के पाल्नु, बाघ पाल्ने नि ढ्याप्प । विभिन्न देशलाई उपहार दिऔँ बाघ, खोर समेतै दिनुपर्छ भने पनि दिऔँ । तर जति भन्यो त्यति बाघ बढाउने भन्ने हुँदैन ।’

उनले प्रश्न गरे, ‘कति लिमिट हो हाम्रो, हाम्रो वनको क्षमता त्यही अनुसार जानुपर्छ । मान्छे ख्वाएर बाघ पाल्न सकिँदैन । त्यो गल्ती गर्नु हुँदैन ।’ मान्छे ख्वाएर बाघ पाल्ने ? अलिअलि खान्छ नि बाघ भएपछि भन्ने त्यस्तो हुँदैन । आफूलाई खायो भने के हुन्छ ? त्यो हेर्नुपर्‍यो नि ।’

प्रतिक्रिया दिनुहोस