काठमाडौँ । न्याय परिषद्ले राजश्व न्यायाधिकरणको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश ब्रजेश प्याकुरेललाई तोक्ने निर्णय गरेको छ।
शुक्रबार बसेको न्याय परिषद्को बैठकले उनलाई कानुन सदस्य एवं अध्यक्षको रूपमा तोकेको हो । उक्त निर्णय अव मन्त्रीपरिषद्ले पारित गरेपछि लागू हुनेछ।
यसअघि उच्च अदालत पाटनकै न्यायाधीश रमेश ढकाल अध्यक्ष रहेका थिए ।