४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसदहरूले भने-अब पनि झोलामा खोला बोकेर नहिँडौँ

अ+ अ-

काठमाडौँ । सांसदहरुले विद्युत् लाइसेन्स लिएर मात्रै बस्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । शुक्रबार संघीय संसद्, प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिले आज आयोजना गरेको विद्युत् विधेयक २०८० माथि संशोधनकर्तासँगको छलफलका क्रममा उनीहरूले झोलाभित्र खोला ओगटेर राख्न नहुने बताएका हुन् ।

संशोधनकर्ता सुमना श्रेष्ठले लाइसेन्स मात्रै ओगटेर काम नगर्ने परिपाटी रहेको भन्दै यसरी झोलोभित्र खोला ओगटेर हिँड्न नहुने बताइन् । ‘यहाँ लाइसेन्स लिने थुप्रैले विद्युत् उत्पादनको प्रक्रिया अगाडि बढाउन सकेका छैनन्, लाइसेन्स भने ओगटेर काम नगर्ने परिपाटी बन्द गर्नुपर्छ’, प्रतिप्रश्न गर्दै श्रेष्ठले भनिन्, ‘कहिले सम्म झोलामा खोला बोकेर हिँड्ने परिपाटी राख्ने त ?’

नयाँ विधेयकमा लाइसेन्स लिएर काम नगर्नेको लाइसेन्ससमेत जफत हुनुपर्ने गरी विधेयक संशोधन गर्नुपर्ने उनको सुझाव रहेको छ ।

संशोधनकर्ता नगिना यादवले भारतले नेपाललाई विद्युत् नदिएर लोडसेडिङ भएको भन्ने गलत भ्रम नछर्नसमेत आग्रह गरिन् । ‘यतिबेला भारतमा पनि विद्युत् उत्पादन नै कम छ, खपतको पनि पिकआवर छ। उतै विद्युत् पुगेको छैन’, उनले भनिन्, ‘अनि भारतले विद्युत् दिएन भनेर नकारात्मक भ्रम किन फैलाउने ?’

विधेयकको मस्यौदामा भएको कतिपय व्यवस्था हटाउनुपर्नेमा उनले जोड दिइन् । ‘विद्युत् उत्पादनको स्थानीय तहलाई पाँच र प्रदेश तहमा २५ मेगावाट दिने गरी विधेयकको मस्यौदा तयार भएको छ, तर यो व्यावहारिक छैन हटाउनुपर्छ’, यादवले भनिन्।

संशोधनकर्ता रामप्रसाद चौधरीले विद्युत् उत्पादनका क्रममा माछा पालनको व्यवसाय धरापमा पार्न नहुने गरी विधेयक संशोधन गर्नुपर्ने सुझाव दिए ।

संशोधनकर्ता प्रेम सुवालले समाजवाद उन्मुख विद्युत् उत्पादनमा जोड दिए । ‘अहिले ८० प्रतिशत विद्युत् उत्पादन निजी क्षेत्र र २० प्रतिशत सरकारी क्षेत्रबाट भएको छ। समाजवादमा ८० प्रतिशत सरकारी क्षेत्रबाट र बाँकी २० प्रतिशत निजी क्षेत्रबाट विद्युत् उत्पादन हुनुपर्छ’, उनले भने, ‘अनि विद्युत् स्वदेशमा नै खपत गर्ने गरी काम गर्नुपर्छ।’

संशोधनकर्ता महेशकुमार बर्तौलाले निजी क्षेत्रको उपस्थितिलाई बलियो बनाउने गरी विधेयक संशोधन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

संशोधनकर्ता सूर्यमान तामाङले ग्रामीण क्षेत्रमा उत्पादन भएका विद्युत् व्यवस्थापन हुन नसकेको भन्दै संशोधनमा विद्युत् उत्पादनपछि व्यवस्थापन गर्ने बुँदा थप गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

साथै संशोधनकर्ता मनबहादुर गुरुङले कार्बन उत्सर्जन कटौती गर्न विद्युत् प्रवर्द्धनमा जोड दिए । संशोधनकर्ता बिना जैसवालले विद्युत् व्यापार प्रवर्द्धन गर्ने गरी विधेयक संशोधन हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस