काठमाडौँ । सरकारी स्वामित्वका व्यावसायिक कम्पनी र व्यवसाय गर्ने संस्थाहरूलाई कर बुझाउन पत्राचार काठमाडौँ महानगरपालिकाले पत्राचार गरेको छ ।
सरकारी स्वामित्वमा रहेका र सामाजिक संघ-संस्थाका नाममा दर्ता भएका तर व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघ-संस्थाहरुलाई कर तिर्न पत्राचार गरेको हो ।
पहिलो चरणमा यसरी पत्र पठाइएका संघ-संस्थाहरुमा कृषि सामग्री कम्पनी लिमिटेड, कुलेश्वर, पशुपति क्षेत्र विकास कोष, मारवाडी सेवा समिति, फसिखेल, न्युरोड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड छन् ।
यी कम्पनीहरूलाई सम्पत्ति कर र बहाल कर तिर्न पत्राचार गरिएको राजस्व विभागले जानकारी दिएको छ ।