काठमाडौँ । लुम्बिनी प्रदेश सभा बैठक पुस १६ गते मंगलबारका लागि बोलाइएको छ । लुम्बिनी प्रदेश सभा सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै पुस १६ गते प्रदेश सभा बैठक बस्ने जनाएको हो ।
प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम माननीय प्रदेश प्रमुख श्री कृष्णबहादुर घर्तीमगरज्यूबाट लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशन संवत् २०८१ साल पौष १६ गते मंगलबार दिनको २ः०० बजे बस्ने गरी आह्वान भएकोले लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम (१) बमोजिम माननीय सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’
