काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
टोखा नगरपालिका-३ ढलमलस्थित धादिङ सिद्धलेक गाउँपालिका-३ घर भएका ४० वर्षीय होम नारायण श्रेष्ठको बिएण्डबि खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ९ जनालाई शुक्रबार दिउँसो प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथमा नगद ४४ हजार रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।