काठमाडौँ । कोशी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको सिफारिसका आधारमा प्रदेश निजामती सेवाका विभिन्न सेवा/समूहका ६ जना कर्मचारीलाई अधिकृत स्तर नवौँ तहमा बढुवा गरेको छ।
बढुवा समितिको मिति २०८१/०९/१३ गते शनिबार बसेको बैठकमा प्रदेश इन्जिनियरिङ सेवा/सिभिल, कृषि सेवा/बाली संरक्षण र स्वास्थ्य सेवा रेडियोलिजिस्ट अन्तर्गत रहेका विभिन्न समूहका पदमा उम्मेदवारहरूलाई बढुवा गर्ने निर्णय गरेको हो ।
