७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकार्य र समन्वयमा काम गर्न सके शिक्षामा सुधार गर्न सकिन्छ : शिक्षामन्त्री भट्टराई

अ+ अ-

काठमाडौँ । संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सहकार्य, समन्वय र सहअस्तित्वमा काम गर्न सके शिक्षामा सुधार गर्न सकिने बताएकी छन्।

आइतबार विराटनगरमा संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको  शिक्षा व्यवस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले भएको शिक्षा ऐन र शिक्षा नीतिबाट पनि धेरै काम गर्न सकिन स्पष्ट पारिन्।

मन्त्री भट्टराईले संघीय शिक्षा ऐन छलफल प्रक्रियामा अघि बढी सकेकोले चाँडै आउनेमा आशावादी हुन आग्रह गरिन्। शिक्षा क्षेत्र समस्या ग्रस्त भएकाले कानुन आवश्यक रहेको र कानुन बनाउन खोजेको बताउँदै कानुनसँगै व्यवहारिक पक्ष पनि बलियो बनाउनु पर्ने उनको धारणा थियो।   

यसअघि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघीय शिक्षा ऐन चाँडो ल्याउन आग्रह गरेका थिए। संघ सरकारले छिटो छरितो ढंगले कानुन नबनाउँदा समग्र शिक्षा क्षेत्र नै प्रभावित भइरहेको उनले धारणा राखेका थिए।

उनले भनेका थिए ‘प्रदेशले सात दिनमा बनाउन सक्ने कानुन संघले सात वर्षमा पनि बनाउन सक्दैन किन हो म छक्क पर्छु। संघले चाँडै कानुन बनाएर शिक्षा क्षेत्रका व्यवधानलाई हटाउन पहल गरोस्।’

प्रतिक्रिया दिनुहोस